Wednesday, June 20, 2018

वस्तुगत नमुना प्रश्न उत्तर

शिक्षक सेवा आयोगको लिखित परिक्षामा सोधिने वस्तुगत नमुना प्रश्न उत्तर -
१. तलकामध्ये कुनचाही निम्नमाध्यमिक शिक्षाको उद्देश्य हो ?
(क) प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासको सम्भावनालार्य प्रस्फुटित गर्न सहयोग गर्ने
(ख) आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान कायम राख्दै व्यक्तिलाई आधुनिक युगमा सामन्जस्यजीवनयापन गर्ने सहयोग गर्नु
(ग) राष्ट्र र प्रजातन्त्रप्रति आस्थावान, सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत, भाषिक व्यवहारमा सक्षम, श्रमप्रति सकारात्मकप्रवृत्ति भएका स्वस्थ, स्वावलम्बी एवं चरित्रवान नागरिक तयार गर्नु
(घ) सामाजिक मूल्य र मान्यताप्रति आस्था जगाइ सहयोगात्मक तथा जिम्मेवारीपूर्ण आचरणको विकास गर्नु ।

२. दरबार स्कूल कहाँ स्थापना गरिएको थियो ?
(क) रानीपोखरी काठमाडौं (ख) त्रिपुरेश्वर काठमाडौं
(ग) जोरपाटी काठमाडौं (घ) थापाथली काठमाडौं
३. नेपालको अहिलेको विद्यालयको तहगत संरचना कुन चाहि हो ?
(क) ३+४+३+२ (ख) ५+३+२+२
(ग) ३+५+२+२ (घ) २+३+५+२
४. रा.शि.प.यो. २०२८–३२ मा नि.मा. शिक्षा भित्र कुनकुन कक्षा समावेश छन ?
(क) कक्षा ५–८ (ख) कक्षा ६–७
(ग) कक्षा ४–७ (घ) कक्षा ४–८
५. माध्यमिक शिक्षा सहयोग कार्यक्रमले सन् २००७ सम्ममा नि.मा.तहको छात्रा भर्ना प्रतिशत कति पुर्याउने लक्ष्य राखेको छ ?
(क) ४५% (ख) ५०%
(ग) ५५% (घ) ६०%
६. सबैको लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिवटा कार्यक्रम अंगहरु (Program Components) छन् ?
(क) ४ (ख) ५
(ग) ६ (घ) ७
७. दशौं योजनाले सामान्य आर्थिक वृद्धिदर कायम रहेमा निम्नमाध्यमिक तहको सहजै देखिने भर्नादर कतिप्रतिशत पुराउनेअनुमान गरेको छ ?
(क) ६३ (ख) ६४
(ग) ६५ (घ) ६६
८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले निम्नमाध्यमिक तहमा तलका मध्ये कुन कुन कक्षा समावेश गर्न सुझाव दिएको छ?
(क) ४–७ कक्षा (ख) ७–८ कक्षा
(ग) ५–८ कक्षा (घ) ६–८ कक्षा
९. विद्यार्थीहरुको अभिव्यक्ति गर्ने क्षमता थाहापाउन कुन मूल्याङ्कन विधि उपयुक्त होला ?
(क) वस्तुगत परीक्षा (ख) अन्तर्वार्ता
(ग) रुजु सूची (घ) निबन्धात्मक प्रश्न सोध्ने परीक्षा
१०. किशोरावस्थाका बालबालिकामा निम्नमध्ये कुन विशेषता पाइन्न ?
(क) परिवर्तनका अवस्था (ख) डरपोक अवस्था
(ग) दोधारको अवस्था (घ) समूह निर्मणको अवस्था
११. नेपालको अन्तरिम संविधान, २०६३ मा कतिवटा मौलिक हकहरुको व्यवस्था गरिएको छ ?
(क) १३ (ख) २३
(ग) २१ (घ) १२
१२. तलको मध्ये कुनचाहि हक नेपालका यस अघिका संविधानहरुमा थिएन र नेपालको अन्तरिम संविधान २०६३ मा छ ?
(क) सम्पत्तिको हक (ख) बालबालिकाको हक
(ग) धर्म सम्बन्धी हक (घ) देश निकााल विरुद्धको हक
१३. शिक्षा ऐन, २०२८ चरणगत रुपमा क्रमशः लागू भएको थियो । उक्त ऐन लागू हुँदा प्रथम देखि अन्तिम चरणसम्म तलका मध्येकति कति जिल्लामा क्रमशः लागू भएको थियो ?
(क) २+१३+१६+२०+२४ (ख) २+१३+१५+२०+२५
(ग) २+१३+१६+१९+२५ (घ) २+९+१६+२३+२५
१४. शिक्षा ऐन, २०२८ अनुसार प्रश्नपत्रको गोपनीयताभंग गरेमा कस्तो सजाय गरिन्छ ?
(क) कसुरको मात्रा हेरी २५ हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(ख) कसुरको मात्रा हेरी ५० हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(ग) कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(घ) कसुरको मात्रा हेरी एकलाख पचास रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजा
१५. जिल्ला शिक्षा कोषको लेखा परीक्षण कसबाट हुने शिक्षा ऐनमा व्यवस्था छ ?
(क) सम्बन्धित को.ले.नि.का.बाट (ख) सम्बन्धित जि.शि.का.बाट
(ग) महालेखा नियन्त्रक कार्यालयबाट (घ) महालेखा परीक्षकको विभागबाट
१६. शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारमातलकामध्ये कुन पर्दैन ?
(क) विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने ।
(ख) विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने ।
(ग) विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने ।
(घ) शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा र सम्बद्र्धन गर्ने ।
१७. शिक्षा नियमावली, २०५९ ले शिक्षकको सेवामा बहाल छँदै मृत्य भएमा नजिकको नाताको व्यक्तिलाई प्रदान गरिने विमाकोरकम निम्न माध्यमिक शिक्षकको हकमा कति तोकेको छ ?
(क) एकमुष्ट १५ हजार (ख) एकमुष्ट २० हजार
(ग) एकमुष्ट २५ हजार (घ) एकमुष्ट ३० हजार
१८. शिक्षा नियमावली, २०५९ ले जिल्लान्तर सरुवाको लागि योग्य हुन सरकारद्वारा घोषित दुर्गम क्षेत्रमा कतिवर्षसम्म काम गर्नुपर्नेप्रावधान छ ?
(क) ३ वर्ष (ख) ४ वर्ष
(ग) ५ वर्ष (घ) ६ वर्ष
१९. शिक्षा नियमावली, २०५९ अनुसार शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा निम्नमध्ये कुन उल्लेख गरिएको छैन ?
(क) आफुलाई खटाएको ठाउँमा गई तोकिएको काम गर्नुपर्ने
(ख) विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रुपमा भाग लिनुपर्ने
(ग) विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नुपर्ने
(घ) आज्ञाकारी, अनुशासन, सदभावना, सहयोग, सदाचार सहानुभूति, धैर्यता र सच्चरित्रतालाई प्रोत्साहन गर्नुपर्ने ।
२०. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार आयोगले प्रतियोगितात्मक लिखित र प्रयोगात्मक परीक्षा लिइएकोमाअन्तर्वार्ताका लागि नामावली प्रकाशन गर्दा १६ देखि २० वटा पद रिक्त रहेकोमा कति संख्या थप गरी प्रशान गर्नुपर्छ ?
(क) ३ (ख) ४
(ग) ५ (घ) ६
उत्तरहरु 
१. ग २. घ ३. ख ४. ग ५. ख ६. ग ७. ग ८. घ ९. घ १०. घ
११. ग १२. ख १३. क १४. ग १५. घ १६. ख १७. ख १८. ग १९. ख २०. ग
# शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?
– २०६२
# माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ?
– २३ भाषाका विषय
# अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुह का बालबालिकाहरु समाबेश हुन्छन् ?
– ६ बर्ष देखि ८ बर्ष सम्म
# नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो ?
– सन् १९८०
# मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा ) को पठ्यभार कति हो ?
– ३
# निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो ?
– कक्षाकार्य
# शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ?
– २०५५ -१०- ०१
# नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको व्यवस्था छ ?
– प्रदेशको अधिकार को सुची
# राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो ?
– उच्च माध्यमिक शिक्षा
# गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ?
– ३ महिना को एकपटक
# शिक्षा दिवश 2072 नारा के रहेको थियो ?
– दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था
# नेपालको सबैभन्दा पुरानो मावि कुन हो ?
– भानु मावि
# दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ?
– बि.स १९४८
# त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो ?
– बि.स १९७५ भाद्र, २७
# शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो ?
– ४२
# बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी II श्रेणीमा उत्तीर्ण भएका थिए ?
– १० जना
# बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो ?
– २८०
# त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन ?
– गरूडध्वज राना
# ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ?
– ४ घण्टा
# गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन ?
– राममणि आदी
# संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन ?
– हेमराज पाण्डे
# आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो ?
– बि.स २००४-०२-१०
# शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो ?
– बि.स २०६६-०७-१३
# कार्यान्वयन नभयको संबिधान कुन हो ?
– नेपाल सरकार वैधानिक कानुन -२००४
# बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको थियो ?
– ०.७%
# राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो ?
– निजामति प्रथमा
# नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो ?
– दरबार हाइस्कुल
# विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो ?
– बि.स २०५४-१२-२६
# स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले भयको हो ?
– बि.सं. २०६५-०५-१५
# NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो ?
– बि.सं. २०५२
# शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो ?
– बि.सं २०७२-१२-०३
# सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो ?
– सन 2015 May 19-22
# शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ ?
– ८ वटा
# A ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ ?
– ३.६
# नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो ?
– बि.सं २०५४
# सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो ?
– ५ जिल्ला
# UNESCO को लागि नेपाल राष्ट्रियआयोगको स्थापना कहिले भयको हो ?
– बि.सं २०१०
# अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ?
– बि.सं २०५
# तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको छ ?
– ९५%
# एलिजाबेथ बि. हर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेको छ ?
– ३ चरण
# बि.सं 2028 सालमा महिला साक्षारता दर कति % रहेको थियो ?
– ३.९%
# शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन ?
– ११ जना
# SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो ?
– ३ जिल्लामा
# सेति परियोजना कहिले लागु गरियो ?
– बि.सं २०३८ [१९८१]
# EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ ?
– १००%
# EFA [2001~2015] कार्यक्रमले कति सुचक तय गरेको थियो .?
– १८ वटा
# NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन ?
– १२ वटा
# NEC -2049 को गठन कहिले भयो ?
– बि.सं २०४७-११-14
Share:
Copyright © BISHNU DHUNGANA | Design By:- BISHNU DHUNGANA |