Wednesday, June 20, 2018

बहुबैकल्पिक प्रश्नहरू र तिनको उत्तर

बहुबैकल्पिक प्रश्नहरू र तिनको उत्तर:-
सेट -१ 
१. वर्तमान( राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३) संशोधित अनुसार शिक्षाका राष्ट्रिय उद्देश्यहरु कतिवटा छन् ?
(क)९ ख) ११
(ग) ७ (घ) १२

२. विद्यालय शिक्षाको विद्यमान संरचना कस्तो रहेको छ ?
(क) १–५, ६–८, ९–१० (ख) १–३, ४–८, ९–१०
(ग) १–५, ६–१०, ११–१२ (घ) १–५, ६–७, ८–१०
३. प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षा विषयको जम्मा पाठ्यभारको कति प्रतिशत पाठ्यक्रम र पाठ्यसामग्री विद्यालय आपैmले निर्माण गर्नुपर्ने प्रावधान राखिएको छ ।
(क) १० प्रतिशत (ख) १५ प्रतिशत
(ग) २० प्रतिशत (घ) २५ प्रतिशत
४. वर्तमान व्यवस्था अनुसार कस्ता बालबालिकालाई पूर्वप्राथमिक शिक्षा प्रदान गर्न सकिने प्रावधान रहेको छ ?
(क) चारवर्ष उमेर पूरा नभएका बालबालिकालाई एक वर्षको शिक्षा
(ख) चारवर्ष उमेर पूरा भएका बालबालिकालाई एक वर्षको शिक्षा
(ग) तीनवर्ष उमेर पूरा भएका बालबालिकालाई दुई वर्षको शिक्षा
(घ) पाँचवर्ष उमेर पूरा भएका बालबालिकालाई एक वर्षको शिक्षा
५. संयुक्त राष्ट्र सङ्घले बालअधिकार महासन्धि कहिले पारित गरेको हो ?
(क) सन् १९८९ (ख) सन् १९९०
(ग) सन् १९९५ (घ) सन् १९९८
६. सबैका लागि शिक्षा कार्यक्रमले कहिलेसम्म सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्ने उल्लेख गरेको छ ?
(क) सन् २००७ (ख) सन् २०१०
(ग) सन् २०१२ (घ) सन् २०१५
७. तलकामध्ये पाठ योजनाको मेरुदण्ड कुनलाई मानिन्छ ?
(क) शिक्षण क्रियाकलाप (ख) पाठ्यवस्तु
(ग) उद्देश्य (घ) मूल्याङ्कन
८. विद्यालयस्तरीय योजना कसले स्वीकृत गर्दछ ?
(क) विद्यालय व्यवस्थापन समिति (ख) जिल्ला शिक्षा समिति
(ग) शिक्षक अभिभावक सङ्घ (घ) प्रधानाध्यापक
९. प्राथमिक तहका शिक्षणविधिमध्ये प्रभावकारीताका दृष्टिले कमजोर विधि कुन हो ?
(क) खेल विधि (ख) व्याख्यान विधि
(ग) अभिनय विधि (घ) परियोजना विधि
१०. विषय शिक्षण भन्नाले के बुझिन्छ ?
(क) एक शिक्षकबाट धेरै कक्षाका विभिन्न विषयको अध्यापन
(ख) एक शिक्षकबाट सबै कक्षाका कुनै एक विषयको अध्यापन
(ग) एक शिक्षकबाट एक कक्षाका सबै विषयको अध्यापन
(घ) एक शिक्षकबाट कुनै दुई कक्षाका सबै विषयको अध्यापन
११. विद्यार्थी मूल्याङ्कन किन आवश्यक हुन्छ ?
(क) विद्यार्थी सक्रिय तुल्याउन
(ख) शिक्षण प्रक्रियाको लेखाजोखा गर्न
(ग) विद्यार्थीको कमजोरी पत्ता लगाइ सुधार गर्न
(घ) पाठ्यक्रम परिमार्जनका लागि पृष्ठपोषण पाउन
१२. बालबालिकामा रहेको भावनात्मक पक्ष रिस,डर,माया,प्रेम आदि बालविकासको कुन पक्षसंग सम्बन्धित छ ?
(क) सामाजिक विकास (ख) शारीरिक विकास
(ग) संवेगात्मक विकास (घ) मानसिक विकास
१३. नेपालको अन्तरिम संविधान, २०६३ ले कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानूनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ भन्ने कुरा उल्लेख गरेको छ ?
(क) स्वतन्त्रताको हक (ख) बालबालिकाको हक
(ग) शिक्षा तथा संस्कृति सम्बन्धी हक (घ) सामाजिक न्यायको हक
१४. शिक्षा ऐन, २०२८ सर्वप्रथम कुन जिल्लामा लागू भएको हो ?
(क) काठमाडौं र कास्की (ख) चितवन र कास्की
(ग) चितवन र काठमाडौं (घ) काठमाडौं र झापा
१५. नेपालको अन्तरिम संविधान, २०६३ ले बालबालिकाको हक अन्तर्गत कस्तो हक प्रदान गरेको छ ?
(क) आफ्नो पहिचान तथा नामको हक
(ख) पालनपोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक
(ग) शारीरिक, मानसिक वा अन्य कुनै किसिमको शोषण विरुद्धको हक
(घ) माथिका सबै
१६. शिक्षक पदको स्थायी नियुक्ति बुझेको कतिदिनभित्र विद्यालयमा हाजिर हुन जानुपर्छ ?
(क) १५ दिन (ख) ३० दिन
(ग) ३५ दिन (घ) ४५ दिन
१७. शिक्षक सेवा आयोगको अध्यक्ष हुन तलकामध्ये कुन योग्यता आवश्यक पर्दछ ?
(क) कम्तिमा २० वर्षसम्म विश्वविद्यालय वा अन्तर्गतका क्याम्पसमा अध्यापन गरेको
(ख) शिक्षाशास्त्र विषयमा विद्यावारिधि गरेको
(ग) शिक्षा क्षेत्रमा ख्याति प्राप्त गरेको
(घ) नेपाल सरकारको विशिष्ट श्रेणीमा कम्तिमा ५ वर्ष सेवा गरेको
१८. शिक्षा नियमावली, २०५९ अनुसार सामुदायिक विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकारमध्ये तलको कुन पर्दैन ?
(क) शिक्षक अभिभावक सङ्घको गठन गर्ने
(ख) विद्यालयको बजेट स्वीकृत गर्ने
(ग) विद्यालय व्यवस्थापन समितिका सदस्यले पद अनुसारको आचरण नगरेमा पदबाट हटाउने
(घ) विद्यालयमा स्वच्छ शैक्षिकवातावरण कायम गर्ने
१९. शिक्षा नियमावली, २०५९ अनुसार प्राथमिक विद्यालयमा कतिजनासम्म शिक्षक दरबन्दी भएमा कम्तिमा एकजना महिला शिक्षकको पद रहने व्यवस्था छ ?
(क) दुई (ख) तीन
(ग) चार (घ) पाँच
२०. सामुदायिक विद्यालयका शिक्षकले सेवा अवधिभर कति अध्ययन विदा पाउँछ ?
(क) एकै पटक वा पटक पटक गरी नोकरी अवधिभर बढीमा ३ वर्ष
(ख) एक पटकमा एक वर्षमा नबढाइ तमाम नोकरी अवधिमा बढीमा ३ वर्ष
(ग) एक पटकमा एकवर्ष नबढाइ नोकरी अवधिभर दुईवर्ष
(घ) नोकरी अवधिभर पटक पटक गरी ५ वर्ष
उत्तरकुञ्जिका
१. घ २. क ३. ग ४. ख ५. क ६. घ ७. ग ८. क ९. ख १०. ख ११. ग १२. ग १३. ग १४. ख १५. घ १६. क १७. घ १८. ग १९. ख २०. क
==============================================================================================================================================================
सेट-२ 
१) मालदिभ्सको नि. मा. को संरचना कुन हो?
ई) ८-१०
२)सबैका लागि शिक्षा सम्बन्धी अभियान काहा बाट सुरु भयो?
इ) थाईल्याण्ड
३) रा.शि.प.यो. २०२८ले माध्यमिक शिक्षकको तालिम भत्ता कति तोकेको थियो?
अ) ७५
४) ICT अन्तर्गत नपर्ने तलका मध्ये कुन हो?
आ) कम्प्युटर
५) शिक्षा मन्त्रालयको तथ्याङ्क शाखा कुन महाशाखा अन्तर्गत पर्दछ?
आ) योजना महाशाखा
६) कार्यमुलक अनुसन्धानको प्रमुख अङ्ग कुन हो?
इ) समस्याको पहिचान
७) नेपालको संविधान २०७२ को पहिलो संशोधन कहिले भयो?
इ) ०७२/१०/९
८) शिक्षक सेवा आयोगमा अध्यक्ष बाहेक जम्मा कति जना सद्स्य हुन्छन?
अ) २
९) प्राबिधिक शिक्षालाई ब्यबहारिक र कार्यक्षमतायुक्त बनाउन के गर्नु पर्दछ?
आ) गुणस्तरमा सुधार
१०)शिक्षा नियमावली, २०५९ को कति नियममा " सामुदायिक बिध्यालयको ब्यबस्थापन समितिको काम कर्तब्य र अधिकार" उल्लेख गरिएको छ?
ई) नियम २५
१.शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो?
– २०६२
२. माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ?
– २३ भाषाका विषय
३. अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुह का बालबालिकाहरु समाबेश हुन्छन् ?
– ६ बर्ष देखि ८ बर्ष सम्म
४. नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो?
– सन् १९८०
५. मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा ) को पठ्यभार कति हो?
– ३
६. निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो?
– कक्षाकार्य
७. शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ?
– २०५५/१०/०१
८. नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको व्यवस्था छ ?
– प्रदेशको अधिकार को सुची
९. राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो?
– उच्च माध्यमिक शिक्षा
१०. गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ?
– ३ महिना को एकपटक
११. शिक्षा दिवश 2072 नारा के रहेको थियो ….?
– “दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था
१२. नेपालको सबैभन्दा पुरानो मावि कुन हो…?
– भानु मावि
१३. दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ..?
– बि.स १९४८
१४. त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो …?
– बि.स १९७५ भाद्र, २७
१५. शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो …?
– ४२
१६. बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी II श्रेणीमा उत्तीर्ण भएका थिए …?
– १० जना
१७. बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो …?
– २८०
१८. त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन…?
– गरूडध्वज राना
१९. ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ..?
– ४ घण्टा
२०. गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन…?
– राममणि आदी
२१. संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन…?
– हेमराज पाण्डे
२२. आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो…?
– बि.स २००४~०२~१०
२३. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो…?
– बि.स २०६६~०७~१३
२४. कार्यान्वयन नभयको संबिधान कुन हो..?
– नेपाल सरकार वैधानिक कानुन -२००४
२५. बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको थियो …?
– ०.७%
२६. राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो …?
– निजामति प्रथमा
२७. नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो…?
– दरबार हाइस्कुल
२८. विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो…?
– बि.स २०५४~१२~२६
२९. स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले भयको हो ?
– बि.सं. २०६५~०५~१५
३०. NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो…?
– बि.सं. २०५२
३१. शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो.?
– बि.सं २०७२-१२-०३
३२. सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो…?
– सन 2015 May, 19-22
३३. शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ…?
– ८ वटा
३४. A ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ..?
– ३.६
३५. नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो..?
– बि.सं २०५४
३६. सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो…?
– ५ जिल्ला
३७. UNESCO को लागि नेपाल राष्ट्रियआयोगको स्थापना कहिले भयको हो ..?
– बि.सं २०१०
३८. शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन..?
– २९ वटा
३९. अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ..?
– बि.सं २०५६
४०. हाल शिक्षा मन्त्री को रहेका छन् ..?
– गिरीराजमणी पोखरेल
४१. तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको छ ..?
– ९५%
४२. एलिजाबेथ बि. हर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेको छ ?
– ३ चरण
४३. बि.सं 2028 सालमा महिला साक्षारता दर कति % रहेको थियो ?
– ३.९%
४४. शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन.?
– ११ जना
४५. SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो .?
– ३ जिल्लामा
४६. सेति परियोजना कहिले लागु गरियो.?
– बि.सं २०३८ [१९८१]
४७. EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ?
– १००%
४८. EFA [2001~2015] कार्यक्रमले कति सुचक तय गरेको थियो .?
– १८ वटा
४९. NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन.?
– १२ वटा
५०. NEC -2049 को गठन कहिले भयो.?
– बि.सं २०४७-११-14
================================================================================================================================================
सेट -३
१• विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य छनोट गर्ने प्रयोजनका लागि विद्यार्थीका अभिभावक भन्नाले ककसलाई जनाउछ ?
> बाबु, आमा, बाजे र बज्यै
२• शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न गठित समितिको अध्यक्षमा को रहने व्यवस्था छ ?
> लोकसेवा आयोगको अध्यक्ष
३• नेपालको अन्तरिम संविधान २०६३ मा कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ?
> शिक्षा तथा संस्कृतिसम्बन्धी हक(धारा १७)
४• अभिभावक शिक्षक संघमा बढीमा कति सदस्य रहने व्यवस्था शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले गरेको छ ?
> ११ सदस्य
५• शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तीमा कति दिन हुनुपर्ने व्यवस्था गरेको छ ?
> २२० दिन
६• शिक्षक सेवा आयोग नियमावली २०५७ कहिलेदेखि लागू भएको हो ?
> २०५७/७/२४
७• शिक्षकले एक वर्षभरिमा कति दिन बिरामी बिदा पाउन सक्ने व्यवस्था छ ?
> १२ दिन
८• नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेका बालबालिकाको हक तलकामध्ये कुन होइन ?
> आधारभूत शिक्षा पाउने हक
९• खुला प्रतियोगिताबाट रिक्त शिक्षक पदपूर्ति गर्दा विज्ञापन भएको कति अवधिमा स्थायी नियुक्तिका लागि सिफारिस गर्न‘पर्ने व्यवस्था छ ?
> ६ महिनाभित्र
१०• जिल्ला शिक्षा समितिको सचिव को हुने व्यवस्था छ ?
> जिल्ला शिक्षा अधिकारी
११• राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) मा व्यवस्था भएको प्राथमिक विद्यालय तहको संरचना तलकामध्ये कुन हो ?
> १–३
१२• दैनिक पाठयोजनाका अङ्गहरुको क्रम तलकामध्ये कुन हो ?
> उद्देश्य, सामग्री, क्रियाकलाप, मूल्याङ्न र गृहकार्य
१३• तलकामध्ये कुन चाहिं पूर्व प्राथमिक शिक्षाको उद्देश्यभित्र पर्दैन ?
> भषिक तथा गणितीय सीप विकास गर्ने
१४• उत्तरबाल्यावस्थाका विशेषताभित्र तलकामध्ये कुन चाहिं पर्दैन ?
> खेलौनाको उमेर
१५• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिओटा उद्देश्य राखिएका छन् ?
> ३ ओटा
१६• आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) अन्तर्गत राखिएको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्य पूरा गर्न कतिओटा कार्यक्रमका क्षेत्रहरु निर्धारण गरिएका थिए ?
> ४ ओटा
१७• तलकामध्ये कुन चाहिं सबैभन्दा बढी विद्यार्थी केन्द्रित विधि हो ?
> छलफल विधि
१८• वर्तमान प्राथमिक तहको पाठ्यक्रम अन’सार कक्षा ४ र ५ को नेपाली विषयको पाठ्यभार कति छ ?
> ८
१९• तलका मध्ये कुन चाहिं योजनाले विद्यालयको सम्पूर्ण वार्षिक गतिविधिलाई प्रतिनिधित्व गर्छ ?
> वार्षिक कार्यपात्रो
२०• बहुकक्षा शिक्षण भन्नाले के बुझिन्छ ?
> धेरैओटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी अध्यापन गराउने
==============================================================================================================================================================
सेट -४
१. नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यमध्ये तलको कुनचाही पर्दैन ?
(क) सार्वभौम मानवीय मुल्य, राष्ट्रिय तथा सामाजिक मान्यता र अनास्थाहरुको सम्बद्र्धन
(ख) समाजको आधुनिकीकरण र मानव संशाधनको विकास
(ग) शिक्षाको विकेन्द्रीकण र मानव संशाधनको विकास
(घ) सामञ्जस्यपूर्ण जीवन यापन
२. दरबार स्कूलका प्रथम प्रधानाध्यापक को थिए ?
(क) _ Mr. Hudson (ख) Mr. Canning
(ग) Mr. Ross (घ) Mr. Perking
३. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ अनुसार माध्यमिक शिक्षा कति वर्षको हुनुपर्ने उल्लेख छ ?
(क) २ वर्ष (ख) ३ वर्ष
(ग) ४ वर्ष (घ) ५ वर्ष
४. रा.शि.प.यो. २०२८ ले विद्यालय तहको संगठन कस्तो हुनुपर्ने प्रस्ताव गरेको थियो ?
(क) ३+५+२ (ख) ५+३+२
(ग) ३+४+३ (घ) ५+२+३
५. राष्ट्रिय शिक्षा आयोग, २०४९ को प्रतिवेदनमा माध्यमिक तहको पूर्णाङ्क कति प्रस्ताव गरिएको छ ?
(क) ५००+१०० (ख) ६००+१००
(ग) ७००+१०० (घ) ८००+१००
६. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५ को प्रतिवेदनले माध्यमिक तहको संरचनामा तलकामध्ये कुन चाहीलाई प्रस्तावित गरेको छ ?
(क) ६–७, ८–१०, ११–१२ (ख) ६–८, ९–१२
(ग) ६–८, ९–१०, ११–१२ (घ) ६–१२
७. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३ अनुसार नेपालको विद्यालय शिक्षाको तह र अवधि कुन हो ?
(क) तह दुई र अवधि १० वर्ष (ख) तह दुई र अवधि १२ वर्ष
(ग) तह तीन र अवधि १२ वर्ष (घ) तह तीन र अवधि १३ वर्ष
८. माध्यमिक शिक्षा सहयोग कार्यक्रमको लागि ब्म्द्य को सहयोग राशी कति प्रतिशत छ ?
(क) ४५% (ख) ४३%
(ग) ४०% (घ) २०%
९ EFA (२००४–२००९) मा समष्टिगत रुपमा कार्यक्रमको व्यवस्थापन अनुगम तथा संयोजनको काम गर्न तय गरिएको कार्यक्रम तथा वस्थापन समिति (PMC) को अध्यक्षता कसले गर्ने उल्लेख छ ?
(क) मन्त्री, शिक्षा तथा खेलकुद (ख) राज्यमन्त्री, शिक्षा तथा खेलकुद
(ग) सचिव, शिक्षा तथा खेलकुद (घ) सह–सचिव, योजना महाशाखा शिक्षा तथा खेलकुद
१०. किशोरावस्थाका विशेषतामा तलकामध्ये कुन पर्दैन ?
(क) परिवर्तनका अवस्था (ख) डरपोक अवस्था
(ग) समूह निर्मणको अवस्था (घ) दोधारको अवस्था
११. नेपालको अन्तरिक संविधान, २०६३ अनुसार मन्त्रिपरिषद्को गठन कसरी गरिने प्रावधान छ ?
(क) आठ दलीय सहमतीका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा
(ख) सर्वसम्मतीका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा
(ग) राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा
(घ) निर्वाचनमा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइ उसको अध्यक्षतामा
१२. नेपालको अन्तरिक संविधान, २०६३ अनुसार सर्वोच्च अदालतमा प्रधान न्यायधिशका अतरिक्त बढीमा कतिजना अन्य न्यायधिश रहन्छन् ?
(क) १३ (ख) १४
(ग) १५ (घ) १६
१३. शिक्षा ऐन, २०२८ अनुसार ग्रामीण शिक्षा विकास कोषको अध्यक्ष को रहन्छ ?
(क) शिक्षा तथा खेलकुद मन्त्री (ख) शिक्षा तथा खेलकुद मन्त्रालयको सचिव
(ग) शिक्षा विभागको महानिर्देशक (घ) शिक्षक सेवा आयोगको अध्यक्ष
१४. माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति विघटन गर्न सक्ने अधिकार शिक्षा ऐन, २०२८ अनुसार कसलाई छ ?
(क) जिल्ला शिक्षा समिति (ख) जिल्ला शिक्षा अधिकारी
(ग) क्षेत्रीय शिक्षा निर्देशक (घ) जिल्ला विकास समिति
१५. शिक्षा ऐन, २०२८ अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष बन्न कतिवर्ष उमेर पूरा भएको हुनुपर्छ ?
(क) ३० वर्ष (ख) ३५ वर्ष
(ग) ४० वर्ष (घ) ४५ वर्ष
१६. शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारमा तलकामध्ये कुन पर्दैन ?
(क) विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने ।
(ख) विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने ।
(ग) विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने ।
(घ) शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा र सम्बद्र्धन गर्ने ।
१७. शिक्षा नियमावली, २०५९ अनुसार सरकारबाट स्वीकृत भएको दरबन्दीको शिक्षक पद रिक्त हुन आएमा स्थायी पूर्तिका लागि पद रिक्त भएका मितिले १५ दिनभित्र जि.शि.का.मा लेखी पठाउने कर्तव्य कस्को हो ?
(क) सम्बन्धित प्रधानाध्यापक (ख) सम्बन्धित विद्यालय निरीक्षक
(ग) सम्बन्धित गा.वि.स.÷न.पा. (घ) सम्बन्धित विद्यालय व्यवस्थापन समिति
१८. शिक्षा नियमावली अनुसार तलकामध्ये कुनचाही जिल्ला शिक्षा समितिको काम, कर्तव्य र अधिकार हो ?
(क) विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने ।
(ख) जि.शि.का.ले दिएको निर्देशन अनुसार काम गर्ने ।
(ग) विद्यालय बन्द गर्ने सम्बनधमा स्वीकृति दिने ।
(घ) शिक्षकहरुको अभिलेख अद्यावधिक गराइ राख्ने ।
१९. सामुदायिक विद्यालयको माध्यमिक शिक्षकको सेवामा बहाल छँदै मृत्यु भएमा विमा वापत कति रकम
उपलव्ध गराउने व्यवस्था शिक्षा नियमावली छ ?
(क) १५,००० (ख) २०,०००
(ग) २५,००० (घ) ३०,०००
२०. शिक्षक सेवा आयोग नियमावली अनुसार माध्यमिक तहको प्रथम श्रेणीको रिक्त पदपूर्ति गर्ने कति प्रतिशत का.स.मू.को आधारमा बढुवा गरिन्छ ?
(क) २५% (ख) ५०%
(ग) ६०% (घ) ७५%
उत्तरकुञ्जिका
१. ग २. ख ३. क ४. ग ५. ग ६. ग ७. ख ८. ग ९. घ १०. ग
११. ग १२. ख १३. ख १४. ग १५. ग १६. ग १७. घ १८. ग १९. घ २०. घ
================================================================================================================================================
सेट -५
१• अक्षरांक शिक्षा पुस्तकका लेखक को हुन् ?
>जयपृथ्वीबहादुर सिंह
२• भारतले प्राथमिक शिक्षालाई कस्तो शिक्षाका रुपमा लिएको छ ?
>आधारभूत शिक्षा
३• बालअधिकार सम्बन्धी अवधारणको सूत्रपात सर्वप्रथम कुन घोषणाले गरेको हो ?
>जेनेभा घोषणा
४• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९)अन्तर्गत विद्यालय तहको शिक्षामा सान्दर्भिकता अभिवृद्धिका लागि तय गरिएको एउटा रणनीति तलकामध्ये कुन हो ?
>२० प्रतिशत स्थानीय परिवेशका विषयवस्तु पाठ्यक्रममा समावेश गर्ने
५• माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३–२००८) को उद्देश्य तलका मध्ये कुन होइन ?
>शिक्षक शिक्षा
६• तलकामध्ये कुनचाहिं दैनिक पाठयोजनाको अंग होइन ?
>पाठ्यवस्तु
७• निर्माणात्मक मूल्यांकनका मुख्य उद्देश्यमा तल लेखिएकामध्ये कुन पर्दैन ?
>उपलब्धिका आधारमा कक्षा पदोन्नति गर्न
८• राष्ट्रीय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले माध्यमिक शिक्षाको संरचना कति तहको हुनुपर्ने सुझाव दिएको छ ?
> ३तह
९• उत्तर बाल्यावस्थाका बालबालिकाहरुलाई शिक्षाविदहरुद्वारा प्रयोग गरिने नाम तलका मध्ये कुनचाहिं हो ?
>प्रारम्भिक विद्यालय उमेर
१०• विद्यालय सुधार योजना निर्माण गर्दा कतिओटा चरणहरु पूरा गर्नुपर्छ ?
>१२ चरण
११• समान कामका लागि महिला र पुरुषबीच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन- यो हक नेपालको अन्तरिम संविधान २०६३ को कुनचाहिं मौलिक हक अन्तर्गत पर्दछ ?
> समानताको हक
१२• नेपालको अन्तरिम संविधान २०६३ ले नेपालको कार्यकारिणी काम कसको नाममा हुने व्यवस्था गरेको छ ?
> नेपाल सरकार
१३• शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार विद्यालय व्यवस्थापन समिति विघटन गर्ने अधिकार कुन निकायलाई हुन्छ ?
> जिल्ला शिक्षा समिति
१४• अध्यापन अनुमतिपत्र नलिई शिक्षक पदको उम्मेदवार हुन नपाउने व्यवस्था शिक्षा ऐन २०२८ को कुन संशोधनले गरेको हो ?
> सातौं संशोधन
१५• गाउँ शिक्षा समितिमा कतिजना सदस्यहरु रहने व्यवस्था शिक्षा ऐन २०२८ (संशोधनसहित) ले गरेको छ ?
> ७ जना
१६• शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार सामुदायिक विद्यालयको व्यवस्थापन समितिले तलका मध्ये कुन काम गर्दछ ?
> शिक्षकलाई तालिमका लागि छनोट गर्ने
================================================================================================================================================
सेट -६
१) नेपालको प्रथम शिक्षा मन्त्री को हुन् ?
– नृपजङ्ग राणा
२) तीनधारा पाठशालाको स्थापना कसकोपालामा भएको थियो ?
– धिरशमसेर
३) नेपालमा प्रौढ शिक्षाको सुरुवात कहिलेबाट भयो ?
– वि.सं. २०१२
४) SLC पास गर्ने प्रथम नेपाली को हुन ?
= चन्द्रशमसेर
५) पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिलेभयो ?
– वि.सं. २०२८ भदौ ५
६) शिक्षा विभागका प्रथम डाइरेक्टरको हुन ?
– बबरजंग राणा
७) नेपालमा शिक्षा दिवस कहिले मनाइन्छ ?
– भदौ २३
८) प्रथम SLC परिक्षामा कति जना परिक्षार्थीसामेल भएका थिए ?
– ३३ जना
९) नेपालमा कतिवटा स्रोत केन्द्र रहेका छ्न ?
– १०९१ वटा
१०) नेपालमा महिला शिक्षाको सुरुवात कुनप्रधानमन्त्रीको पालादेखी भएको हो?
– विरशमसेर
११) नेपालमा प्राथमिक शिक्षा नि:शुल्क गर्नेघोषणा कहिले भएको हो ?
– वि.सं. २०३१ फागुन १२ गते
१२) नेपालको पहिलो दुताबास कहाँ खोलिएको थियो ?
– बेलायत
१३) बिश्वको सबै भन्दा पुरानो भासा कुन हो ?
– चिनिय
१४) नेपालको कास्मिर भनी कुन जिल्ला लाई चिनिन्छ?
– जुम्ला
१५) म रास्ट्रको नोकर हु भन्नेप्रधानमन्त्री को हुन?
– पध्मसम्सेर
१६) त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो?
– बि.स. १९७५
१७) नेपालको पहिलो मौलिक उपन्यास कुनहो?
– रुपमती
१८) तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्नी ब्याक्ती को हुन ?
– सत्यमोहन जोसि
१९) हाल नेपालमा कति जिल्ला सदर्मुकाममा सडक यातायात पुगेको छ ?
७३
२०) नौबिसे-पोखरा कुन राजमार्ग हो ?
-पृथ्वी राजमार्ग
२१) नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो?
– बि.स. २०४१ माघ १७
२२) आगदाइ(Ogadai)कसका छोरा थिए?
-जेगिँज खाँ
२३) जापानमा Girl’s Festivalकहिले मनाइन्छ?
-मार्च3
२४) नेपाललाई कहिले पोलियो मुक्त देश घोषणा गरियो?उ?
-2070/12/13गते
२४) अन्तर्राष्ट्रिय T20 क्रीकेटको इतिहासमा सर्वप्रथम शतक हान्ने महिला र पुरुष खेलाडी को-को हुन्?
-क्रमश:डेन्डा डोट्टिन र क्रिस गेल(Westindies Teamको लागि दुबै जना खेल्ने)
२५) महिला सैनिकलाई युद्धमा सरिक गराउने पहिलो चार राष्ट्रहरु कुन-कुन हुन्?
-क्रमश:इजरायल,न्यूजिल्याण्ड,अष्ट्रेलिया र क्यानडा
२६) ‘भूजिमोल’कुन भाषाको लिपी हो?
– नेवारी(नेवारी भाषाको अर्कोलिपी रञ्जना हो)
२७) राष्ट्रिय दलित आयोगको स्थापना कहिले भएको थियो?
-वि.सं2058चैत्रमा
२८) रेखा थापा कुन खेलसँग सम्बन्धित छिन्?
-खो खो
२९) 300मेगावाटको प्रस्तावित उत्तर गंगा जलबिधुत आयोजना कुन जिल्लामा पर्दछ?
-वाग्लुङ
३०) ‘उस्मान सँ लाजार’कुन युरोपेली शहरको सबैभन्दा महँगो सडक हो?
-पेरिस(फ्रान्स)
३१) कर्णाली अञ्चलका पहिलो बाल साहित्यकार को हुन् र उनको कृति कुन हो?
-केपी सिम्पल(कालीप्र.शाही)र कृति वनपालेको छोरो
३२) नेपालको कुन जिल्लालाई पहाडकी रानी भनेर चिनिन्छ?
-इलाम
३३) नेपालमा कति किसिमका बैँक तथा बित्तिय संस्थाहरु छन्?
-4
३४) नेपालमा सर्वप्रथम मुक्तक विधामा बिद्याबारिधी गर्ने ब्यक्ति को हुन्?
-मुरारि पराजुली
३५) इतिहास मै पहिलो पटक साउदी अरबका महिलाहरुले कहिले मतदान गरे?
-12 डिसेम्बर,2015

राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८
=======================
राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ मा शिक्षक शिक्षा सम्बन्धमा यसरी उल्लेख गरिएको छ :
तालिम प्राप्त शिक्षकको सङ्ख्या बढाउने :
क) सबै विद्यालयहरूमा तालिम प्राप्त शिक्षक राख्न क्रमशः अनिवार्य गरिने छ र नयाँ योजना लागू भएका जिल्लाहरूमा यो नियम लागू गरिेने छ ।
ख) तत्कालै धेरै सङ्ख्यामा शिक्षकहरू तयार गर्न एसएलसी वा सो सरह पास भएका, आइ वा सो सरह पास भएका तथा बीए वा सो सरह भएका व्यक्तिहरूलाई एक एक वर्षको तालिम दिई क्रमशः प्राथमिक शिक्षक, निम्न माध्यमिक शिक्षक र माध्यमिक शिक्षकका लागि तयार गरिने छ ।
ग) हाल काम गरिरहेका अनुभवी शिक्षकहरूको पनि न्यूनतम् योग्यता पुग्छ भने सेवाकालीन तालिमको माध्यमबाट तालिम दिइनेछ ।
घ) प्रत्येक शिक्षकलाई शारीरिक अभ्यास र शारीरिक शिक्षाको तालिम अनिवार्य हुनेछ ।
तालिमको स्तर बढाउने व्यवस्था :
क) शिक्षक शिक्षणको पाठ्यक्रम वर्तमान आवश्यकता सुहाउँदो निर्धारण गर्न व्यवस्था गरिने छ ।
ख) प्रत्येक विषयमा नेपालको वास्तविक परिस्थिति र आवश्यकता सुहाउँदा पाठ्य पुस्तकहरू तयार गराउने व्यवस्था हुनेछ ।
ग) शिक्षण तरिकाको साथसाथै विषय शिक्षणमा पनि पर्याप्त जोड दिनु जरुरी भएकाले शिक्षक तालिम महाविद्यालयमा विभिन्न विषयमा उपयुक्त फेकल्टीहरूको विकास हुनु पर्दछ ।
घ) शिक्षक शिक्षण तरिकामा अनुसन्धानलाई प्रोत्साहन दिनु आवश्यक छ र शिक्षाशास्त्रलाई नेपालको परिस्थितिसँग मिल्ने गरी विकास गर्न प्रयास हुनु पर्दछ ।
ङ) शिक्षक शिक्षण विधिको तालिम लिन आउनेहरूको न्यूनतम् योग्यता बढाउनु जरुरी छ । तसर्थ दुर्गम क्षेत्रमा बाहेक अन्यत्र प्राथमिक शिक्षक हुन एसएलसी वा सो सरह निम्न माध्यमिक शिक्षक तालिम लिन आइए वा सो सरह र माध्यमिक शिक्षक तालिम पाउन बीए वा सो सरह भएमा उचित हुनेछ ।
च) शिक्षकहरूलाई नयाँ तरिकाले जाँच गर्ने विषयमा तालिम लिनु अनिवार्य हुने छ ।
सेवाकालीन विशेष तालिम : विज्ञान, गणित आदि सबै विषयमा शिक्षकहरूलाई विशेष तालिम दिनु पर्दछ । देशभरि शिक्षकहरूलाई यस्ता तालिम क्रमशः उपलब्ध गराउने व्यवस्था गरिने छ ।
तालिमपछि काममा खटाउने व्यवस्था :
क) तालिम प्राप्त शिक्षकहरूलाई शिक्षा मन्त्रालयले सम्बन्धित विद्यालयमा खटाउने छ । सम्बन्धित विद्यालयले उक्त शिक्षकलाई लिन अनिवार्य हुनेछ ।
ख) शिक्षकहरूले तालिम पाए बमोजिम ठिक तरिकाले सिकाउने गरेका छन् वा छैनन् शिक्षा निरीक्षकले मूल्याङ्कन गरी शिक्षा मन्त्रालय तथा शिक्षक तालिम केन्द्रमा प्रतिवेदन पठाउने छन् ।
ग) तालिम प्राप्त गरेको निश्चित अवधिपछि शिक्षकहरूले पुनः सेवाकालीन तालिमको व्यवस्था हुनु पर्दछ ।
व्यावसायिक शिक्षकहरू : व्यावसायिक शिक्षकहरूलाई तालिम दिने व्यापक कार्यक्रम हुनेछ । हालको भन्दा व्यावसायिक तालिमको स्तर क्रमशः बढाउँदै लैजाने व्यवस्था गरिने छ । व्यावसायिक शिक्षाको पढाइमा विशेष जोड दिने यस योजनाको उद्देश्य भएकाले व्यावसायिक शिक्षा विषयमा शिक्षक तालिममा पनि विशेष ध्यान दिइने छ । राज्यका प्रत्येक विद्यालयका शिक्षकहरूलाई व्यावसायिक शिक्षा सिकाउने स्तरयुक्त तालिम दिइने छ र सबै विद्यालयका शिक्षकहरूलाई पालैपालो गरेर तालिम उपलब्ध गराइनेछ । व्यावसायिक विषयहरूमा डिग्री वा डिप्लोमा प्राप्त गर्ने व्यक्तिहरूलाई शिक्षण तरिकाको तालिम दिई व्यावसायिक शिक्षक बनाउने व्यवस्था हुनेछ ।
शिक्षकहरूको सेवामा सुधार : शिक्षाको सुधार र उन्नति गर्न योग्य व्यक्तिहरूलाई शिक्षक बनाउनु र उनीहरूलाई शिक्षामा नै बस्न राजी गराउनु ज्यादै जरुरी छ । प्राथमिक विद्यालयको शिक्षक तथा प्रधानाध्यापकको न्यूनतम् योग्यता एसएलसी वा सो सरह र तालिम प्राप्त, निम्न माध्यमिक विद्यालयको शिक्षक तथा प्रधानाध्यापकको न्यूनतम् योग्यता आइएड वा आइए वा सो सरह र तालिम प्राप्त, माध्यमिक विद्यालयको शिक्षक तथा प्रधानाध्यापकको न्यूनतम् योग्यता बीएड वा बीए वा सो सरह र तालिम प्राप्त हुनु पर्ने छ ।

=========================================================================
=========================================================================
सेट -७
१. तलकामध्ये कुनचाही निम्नमाध्यमिक शिक्षाको उद्देश्य हो ?
(क) प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासको सम्भावनालार्य प्रस्फुटित गर्न सहयोग गर्ने
(ख) आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान कायम राख्दै व्यक्तिलाई आधुनिक युगमा सामन्जस्यजीवनयापन गर्ने सहयोग गर्नु
(ग) राष्ट्र र प्रजातन्त्रप्रति आस्थावान, सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत, भाषिक व्यवहारमा सक्षम, श्रमप्रति सकारात्मकप्रवृत्ति भएका स्वस्थ, स्वावलम्बी एवं चरित्रवान नागरिक तयार गर्नु
(घ) सामाजिक मूल्य र मान्यताप्रति आस्था जगाइ सहयोगात्मक तथा जिम्मेवारीपूर्ण आचरणको विकास गर्नु ।
२. दरबार स्कूल कहाँ स्थापना गरिएको थियो ?
(क) रानीपोखरी काठमाडौं (ख) त्रिपुरेश्वर काठमाडौं
(ग) जोरपाटी काठमाडौं (घ) थापाथली काठमाडौं
३. नेपालको अहिलेको विद्यालयको तहगत संरचना कुन चाहि हो ?
(क) ३+४+३+२ (ख) ५+३+२+२
(ग) ३+५+२+२ (घ) २+३+५+२
४. रा.शि.प.यो. २०२८–३२ मा नि.मा. शिक्षा भित्र कुनकुन कक्षा समावेश छन ?
(क) कक्षा ५–८ (ख) कक्षा ६–७
(ग) कक्षा ४–७ (घ) कक्षा ४–८
५. माध्यमिक शिक्षा सहयोग कार्यक्रमले सन् २००७ सम्ममा नि.मा.तहको छात्रा भर्ना प्रतिशत कति पु¥याउने लक्ष्य राखेको छ ?
(क) ४५% (ख) ५०%
(ग) ५५% (घ) ६०%
६. सबैको लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिवटा कार्यक्रम अंगहरु (Program Components) छन् ?
(क) ४ (ख) ५
(ग) ६ (घ) ७
७. दशौं योजनाले सामान्य आर्थिक वृद्धिदर कायम रहेमा निम्नमाध्यमिक तहको सहजै देखिने भर्नादर कतिप्रतिशत पु¥याउनेअनुमान गरेको छ ?
(क) ६३ (ख) ६४
(ग) ६५ (घ) ६६
८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले निम्नमाध्यमिक तहमा तलका मध्ये कुन कुन कक्षा समावेश गर्न सुझाव दिएको छ?
(क) ४–७ कक्षा (ख) ७–८ कक्षा
(ग) ५–८ कक्षा (घ) ६–८ कक्षा
९. विद्यार्थीहरुको अभिव्यक्ति गर्ने क्षमता थाहापाउन कुन मूल्याङ्कन विधि उपयुक्त होला ?
(क) वस्तुगत परीक्षा (ख) अन्तर्वार्ता
(ग) रुजु सूची (घ) निबन्धात्मक प्रश्न सोध्ने परीक्षा
१०. किशोरावस्थाका बालबालिकामा निम्नमध्ये कुन विशेषता पाइन्न ?
(क) परिवर्तनका अवस्था (ख) डरपोक अवस्था
(ग) दोधारको अवस्था (घ) समूह निर्मणको अवस्था
११. नेपालको अन्तरिम संविधान, २०६३ मा कतिवटा मौलिक हकहरुको व्यवस्था गरिएको छ ?
(क) १३ (ख) २३
(ग) २१ (घ) १२
१२. तलको मध्ये कुनचाहि हक नेपालका यस अघिका संविधानहरुमा थिएन र नेपालको अन्तरिम संविधान २०६३ मा छ ?
(क) सम्पत्तिको हक (ख) बालबालिकाको हक
(ग) धर्म सम्बन्धी हक (घ) देश निकााल विरुद्धको हक
१३. शिक्षा ऐन, २०२८ चरणगत रुपमा क्रमशः लागू भएको थियो । उक्त ऐन लागू हुँदा प्रथम देखि अन्तिम चरणसम्म तलका मध्येकति कति जिल्लामा क्रमशः लागू भएको थियो ?
(क) २+१३+१६+२०+२४ (ख) २+१३+१५+२०+२५
(ग) २+१३+१६+१९+२५ (घ) २+९+१६+२३+२५
१४. शिक्षा ऐन, २०२८ अनुसार प्रश्नपत्रको गोपनीयताभंग गरेमा कस्तो सजाय गरिन्छ ?
(क) कसुरको मात्रा हेरी २५ हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(ख) कसुरको मात्रा हेरी ५० हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(ग) कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(घ) कसुरको मात्रा हेरी एकलाख पचास रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
१५. जिल्ला शिक्षा कोषको लेखा परीक्षण कसबाट हुने शिक्षा ऐनमा व्यवस्था छ ?
(क) सम्बन्धित को.ले.नि.का.बाट (ख) सम्बन्धित जि.शि.का.बाट
(ग) महालेखा नियन्त्रक कार्यालयबाट (घ) महालेखा परीक्षकको विभागबाट
१६. शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारमातलकामध्ये कुन पर्दैन ?
(क) विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने ।
(ख) विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने ।
(ग) विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने ।
(घ) शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा र सम्बद्र्धन गर्ने ।
१७. शिक्षा नियमावली, २०५९ ले शिक्षकको सेवामा बहाल छँदै मृत्य भएमा नजिकको नाताको व्यक्तिलाई प्रदान गरिने विमाकोरकम निम्न माध्यमिक शिक्षकको हकमा कति तोकेको छ ?
(क) एकमुष्ट १५ हजार (ख) एकमुष्ट २० हजार
(ग) एकमुष्ट २५ हजार (घ) एकमुष्ट ३० हजार
१८. शिक्षा नियमावली, २०५९ ले जिल्लान्तर सरुवाको लागि योग्य हुन सरकारद्वारा घोषित दुर्गम क्षेत्रमा कतिवर्षसम्म काम गर्नुपर्नेप्रावधान छ ?
(क) ३ वर्ष (ख) ४ वर्ष
(ग) ५ वर्ष (घ) ६ वर्ष
१९. शिक्षा नियमावली, २०५९ अनुसार शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा निम्नमध्ये कुन उल्लेख गरिएको छैन ?
(क) आपूmलाई खटाएको ठाउँमा गई तोकिएको काम गर्नुपर्ने
(ख) विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रुपमा भाग लिनुपर्ने
(ग) विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नुपर्ने
(घ) आज्ञाकारी, अनुशासन, सदभावना, सहयोग, सदाचार सहानुभूति, धैर्यता र सच्चरित्रतालाई प्रोत्साहन गर्नुपर्ने ।
२०. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार आयोगले प्रतियोगितात्मक लिखित र प्रयोगात्मक परीक्षा लिइएकोमाअन्तर्वार्ताका लागि नामावली प्रकाशन गर्दा १६ देखि २० वटा पद रिक्त रहेकोमा कति संख्या थप गरी प्रशान गर्नुपर्छ ?
(क) ३ (ख) ४
(ग) ५ (घ) ६
उत्तर कुन्जिका
१. ग २. घ ३. ख ४. ग ५. ख ६. ग ७. ग ८. घ ९. घ १०. घ
११. ग १२. ख १३. क १४. ग १५. घ १६. ख १७. ख १८. ग १९. ख २०. ग 
Share:
Copyright © BISHNU DHUNGANA | Design By:- BISHNU DHUNGANA |