Wednesday, June 20, 2018

शिक्षा सेवा अायोगको लागि महत्वपूर्ण प्रश्नहरू “नेपालको शैक्षिक इतिहास”

शिक्षा सेवा अायोगको लागि महत्वपूर्ण प्रश्नहरू “नेपालको शैक्षिक इतिहास
नेपालको शैक्षिक इतिहास
– प्राचिन कालमा वैदिक शिक्षा ऋषिकूल , पितृकूल, देवकूल र गुरुकुल प्रणालीमा आधारित थियो ।
– मानव जीवनको सय वर्षलाई चार भागमा विभाजन गरी पहिलो २५ वर्षलाई शिक्षा आर्जनको उमेर मानिएको –ब्रम्हचार्याश्रम, गृहस्थाश्रम, वानाप्राथस्श्रम र सन्याश्रम ) ।
– प्राचिन वैदिक कालमा महिला शिक्षा समेत प्रचलनमा रहेको पाईन्छ । शिक्षा आर्जन गरी गृहस्थ जीवन विताउनेलाई शद्योबधु र शन्यास लिनेलाई ब्रम्हबादिनी भनिन्थ्यो ।
– त्यस वेला वौद्ध शिक्षाको पनि राम्रो विकास भएको थियो ।
– वौद्ध शिक्षामा लिंग र वर्ण भेद थिएन ।
– गुम्बामा पढाउने कलेजी रंगको बस्त्र लगाउनेलाई संगापा भनिन्थ्यो जसले तपस्याबाट शङ्काप (सन्तान नहुने शक्ति) पाएका हुन्थे भने पहेंला रङको बस्त्र लगाउनेलाई गेरुङ भनिन्थ्यो जो विवाह नगरी गृहस्थ त्याग्दथे ।
– पण्डित कनकश्रीले लिच्छवीकालमा विव्रmमशिला विश्वविद्यालयबाट पण्डित स्थान प्राप्त गरेका थिए ।
– लिक्ष्वीकालमा शिक्षाको माध्यम संस्कृत थियो ।
– राजा अंशुवर्माले ध्वनिशास्त्रको निर्माण गरेका थिए । उनको पालामा शिक्षा वौद्ध, शैव र वैश्णव सम्प्रदायमा विभाजित थियो ।
– वि.स. १७१९ मा ईसाइ धर्म प्रचारक डोरवील राजा प्रताप मल्लको पालामा नेपाल प्रवेश गरी ईसाइ धर्म प्रचार गरेको थाहा पाएपछि डोरवीललाई नेपालबाट लखेटी शिक्षालाई धर्मबाट टाढा राखेका थिए ।
– मरहट प्रथा (छात्रवृत्ति दिएर पढ्ने) पृथ्वीनारायण शाहको पालामा चलेको थियो । उनले युद्धमा मारिएका सैनिकका छोराछोरीलाई पढ्न पठाउदथे । बुद्धिमान सिंह रु २० मासिक लिएर फारसी पढ्न र वैयाकरण केशरी मासिक रु ५० लिएर संस्कृतपढ्न भारत गएका थिए ।
 वैदिक कालमा अष्टकलशले स्नान गरेर दीक्षान्त समारोह मनाउने चलन थियो ।
– सनावर्तन पछि विद्याथीहरु गुरुहरुलाई श्रद्धापूर्वक द्रव्य, अन्नादी, गुरु भेटी दिएर गुरुलाई ढोगी आशिर्वाद सहित गृहस्थाश्रममा प्रवेश गर्दथे तर आश्रममा बसुन्जेल सवै व्यवस्था गुरुहरुले नै गर्दथे । अर्थात् शिक्षा निःशुल्क थियो ।
 राणाकाल पहिले निम्न कृतिहरुको रचना भएको पाइन्छ ।
– भक्त विजय र पृथ्वीन्द्र वर्णोदय काव्य—ललित बल्लब
– निकशोपल कविता—लक्ष्मी कवि
– विजय तिलक—अग्निधर पण्डित
– जय रत्नाकर र पुरस्चरण दिपिका — शक्ति बल्लभ अज्र्याल
– प्रशस्तिरतन—रामचन्द्र उपाध्याय
– हरगौरी विवाह, कुन्जविहारी नाटक, संगितसार संग्रह र संगित चन्द्र रचना— जगतजयोति मल्ल
पूर्व प्रजातान्त्रिक काल
वि.सं. २००७ सालमा नेपालमा १०४ वर्षसम्मको राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भयो । त्यसैले प्राचीन समयदेखि लिएर वि.सं. २००७ सालसम्मको समयावधिलाई नै पूर्व प्रजातान्त्रिक काल भनिन्छ । प्राचीन समयदेखि २००७ सालसम्म भएको शिक्षा विकासलाई पूर्व प्रजातान्त्रिक कालमा भएको शिक्षा विकास भनिन्छ । यस कालमा भएको शिक्षा विकासलाई निम्नानुसार वर्र्गीकरण गरिएको छ ः
(क) स्वदेशी शिक्षा (Indigenous Education): प्राचिन काल देखि १८२५ सम्मको शिक्षा
(ख) शिक्षाको उपेक्षा (Negligence of Education): १८२५ देखि १९०३ सम्मको शिक्षा
(ग) शिक्षाको विरोध (Opposition of Education) : स् १९०३ देखि २००७ सम्मको शिक्षा
क्रमश अर्को भागमा अाउने विषय वस्तुहरू
(क) स्वदेशी शिक्षा(Indigenous Education)
(ख) शिक्षाको उपेक्षा(Negligence of Education)
(ग) शिक्षाको विरोध काल(Period of Opposition of Education)
हामीसँग जोडिनुहोस् शिक्षासेवा अायोगमा सोधिने प्रश्नहरू हामी प्रस्तुत गर्नेछाै ।  तपार्इलार्इ हाम्रो प्रस्तुति कस्तो लाग्छ प्रतिक्रिया दिनसहोला ।
Share:

0 Comments:

Post a Comment

Copyright © BISHNU DHUNGANA | Design By:- BISHNU DHUNGANA |