Sunday, November 23, 2014

कम्प्युटरमा के के हुन्छ ?

कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्।
इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम।
प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष।
आउटपुट (Output) -निस्कने माध्यम।
इनपुट डिभाइस मा किबोर्ड,माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम अह्राउने र तथ्यांक हाल्ने गरिन्छ।
प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ। प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन सकिन्छ।
मोनिटर (मोनिटर)
यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command)दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ।मोनिटरलाई भि.डि.यू. (Visual Display Unit) पनि भनिन्छ।
सि पि यू बाकस (CPU Box)वा क्याविनेट
क्याविनेट वा केसिङ सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भागपनि यही नै हो। कम्प्युटरको दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसरमात्र पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (CPU Speed) का आधारमा कम्प्युटरको क्षमता निर्भर रहन्छ। हामीले अह्राए अनुसार प्रोसेसरले तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
Share:

0 Comments:

Post a Comment

Copyright © BISHNU DHUNGANA | Design By:- BISHNU DHUNGANA |