Sunday, November 23, 2014

स्मार्टफोनलाई भाइरसबाट कसरी जोगाउने ?

साइबर अपराधका घटनामा पछिल्लो समय वृद्धि भैरहेको छ । फोन ह्याक हुने तथा विभिन्न खाले भाइरसले स्मार्टफोनमा आक्रमण गरि सबै डाटा नष्ट हुने र डाटा चोरी हुने घटना समेत बढिरहेका छन् ।
smartphone
यद्यपि एन्ड्रोइड स्मार्टफोनहरु एप्पलको स्मार्टफोन भन्दा भाइरसबाट बढि सुरक्षित रहेको बताइन्छ । तरपनि एन्ड्रोइड स्मार्टफोन पनि भाइरसको आक्रमणबाट पूर्णतयार सुरक्षित भने छैनन् । त्यसैले आफ्नो स्मार्टफोनलाई भाइरस तथा अन्य खाले साइबर आक्रमणबाट जोगाउन चनाखो हुनैपर्छ । डिजिटल आक्रमणबाट तपाइँको स्मार्टफोनलाई बचाउनका लागि निम्न उपाय अपनाउनु उपयोगी हुन्छ :
१. स्मार्टफोनमा लक स्त्रिmन सेट गर्नुहोस् : आफ्नो स्मार्टफोनलाई भाइरस लगायतको डिजिटल आक्रमणबाट जोगाएर सुरक्षित राख्ने सबैभन्दा पहिलो र महत्वपूर्ण उपाय स्मार्टफोनमा लक स्त्रिmन सेटअप गर्नु हो । आफ्नो एन्ड्रोइड फोनमा लक स्त्रिmन प्रोटेक्सन सेटअप गरेपछि केवल तपाइँले मात्र आफ्नो स्मार्टफोन खोल्न सक्नुहुन्छ ।
२. एन्टी भाइरस प्रोग्राम इन्स्टल गर्नुहोस् : विन्डोज मेसिनमा जस्तै एन्ड्रोइड स्मार्टफोनका लागि समेत विभिन्न खाले एन्टी भाइरस सफ्टवेयर उपलब्ध छन् । त्यसैले आफ्नो स्मार्टफोनलाई भाइरस मुक्त गराउन एन्टी मालवेयर एप्स इन्स्टल गर्नुहोस् ।
३.पासवर्ड सुरक्षित (क्याची) नगर्नुहोस् : पासवर्ड क्याची गर्नु सजिलो त हुन्छ । यसो गर्दा पटक पटक पासवर्ड टाइप गरिरहनु पर्दैन । तर यसले डिजिटल चोरी तथा मोबाइलमा भाइरस आक्रमणको खतरा बढाउँछ । त्यसैले पासवर्डलाई तपाइँको स्मार्टफोनमा सुरक्षित नगर्नुहोस् ।
४.आधिकारिक श्रोतबाट मात्रै एप्स डाउनलोड गर्नुहोस् : मोबाइल एप्सहरु डाउनलोड गर्दा जुनपायो त्यहीँ साइटबाट डाउनलोड गर्न खोज्दा त्यसले भाइरस आक्रमणको खतरा बढाउँछ । आधिकारिक वेबसाइटबाट एप्स डाउनलोड गर्ने र इन्स्टल गर्ने गर्नुपर्छ ।
५. जथाभावी इन्टरनेट नचलाउनुहोस् : स्मार्टफोनबाट इन्टरनेट चलाएर अनधिकृत साइटहरु समेत लग अन गर्दा त्यसले विभिन्न खाले मालवेयरको जोखिम बढाउँछ । त्यसैले अनधिकृत तथा खतरायुक्त साइटहरु लग अन गर्नु हुँदैन ।

Share:

0 Comments:

Post a Comment

Copyright © BISHNU DHUNGANA | Design By:- BISHNU DHUNGANA |